काठमाण्डौ । डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ।
वैशाख ७ गतेको १५ औँ वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यही चैत ७ गतेदेखि वैशाख ७ गतेसम्म १ महिनाका लागि लागू हुने गरी विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्यकलगायतका योजनाहरु सार्वजनिक गरेको हो। सो योजनाअन्तर्गत डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले पीओएस मेसिन र अनलाइनमार्फत रु. १ हजार वा बढीको कारोबार गर्दा एकमुष्ठ रु. २०० क्यासब्याक दिइनेछ।
यसैगरी पहिलोपटक क्यूआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरुका लागि रु. १०० को क्यासब्याक प्रदान गरिने व्यवस्था गरिएको छ। डिजिटल भुक्तानीको अर्को माध्यम ई–कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधिभरमा ई–कम कार्ड लिन चाहने ग्राहकलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउनेछ।
त्यस्तै रु. ५ लाखसम्मको दुर्घटना मृत्यु बीमा तथा रु. ५० हजारसम्मको स्वास्थ्य बीमा सुविधासहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरुको लागि निःशुल्क डेविट कार्ड, मोबाइल तथा इन्टरनेट बैंकिङ, डिम्याट खाता प्रदान गर्नुका साथै देशभरका कुनै पनि बैंकको एटीएमबाट निः शुल्क रकम निकाल्न सकिने व्यवस्थासमेत गरेको छ।
आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै Kiosk सेवाको सुरुआत गरेको छ। Kiosk मार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ चेक डिपोजिट गर्ने, एटिएम तथा बंैकका शाखाको विवरणहरु प्राप्त गर्नेजस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्नेछन्। यसका साथसाथै बैंकका ग्राहकको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक सहायता केन्द्रको समेत स्थापना गरिसकेको छ। जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन ०१–५९७००६८ नम्बरमा फोन गरी तथा support@ctznbank.com मा ई–मेल गरी प्राप्त गर्न सक्नेछन्।
यस प्रकारको सेवाबाट बैंकका ग्राहकले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ।
सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ९० वटा शाखारहित बैंकिङ इकाइबाट १३ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago