काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल बैंकिङ सेवालाई विस्तार गर्ने क्रममा आफ्नो १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा भौतिक रुपमा बैंकमा उपस्थित भई केवाईसी अध्यावद्यिक गर्ने बाध्यतालाई अन्त्य गर्दै ईकेवाईसी सेवा सञ्चालनमा ल्याएको छ।
यो सेवा उपयोग गर्न बैंकको वेबसाइट र मोबाइल बैंकिङ एपमा उपलब्ध गराइएको लिंकमा गएर ग्राहकले आफ्नो खाताको केवाईसी विवरणहरु बिना झन्झट अपडेट गर्न सक्नेछन्। आफ्नो केवाईसी फर्म अपडेट गर्नुअघि ग्राहकले निश्चित भ्यालिडेसन प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।
यो अनलाइन सेवाको प्रयोग गरी ग्राहकले बैंकको शाखा जानुपर्ने झन्झटबाट मुक्त भई जुनसुकै ठाउँबाट मोबाइल वा कम्प्युटरका माध्यमबाट कुनै पनि समय केवाईसी अध्यावद्यिकको निवेदन दिन सक्नेछन्।
डिजिटल बैंकिङलाई सधंँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंकले आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै कियोस्क सेवाको सुरुआत गरेको छ। कियोस्कमार्फत प्रारम्भिक रुपमा ग्राहकले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ चेक डिपोजिट गर्ने, एटीएम तथा बंैकका शाखाको विवरणहरु प्राप्त गर्नेजस्ता सेवा बैंकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्नेछन्।
यसका साथै बैंकका ग्राहकको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटोभन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक सहायता केन्द्रको समेत स्थापना गरिसकेको छ। जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याको समाधान शाखामा उपस्थित नभइकन ०१–५९७००६८ नम्बरमा फोन गरी तथा support@ctznbank.com मा ई–मेल गरी प्राप्त गर्न सक्नेछन्। यस प्रकारको सेवाबाट बैंकका ग्राहकले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ।
सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ९० वटा शाखारहित बैंकिङ इकाइहरुबाट १३ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago