काठमाण्डौ । सर्वसाधारणलाई भरपर्दो एवं गुणस्तरीय बैंकिङ सेवा तथा सुविधा दिँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सवको अवसर पारेर कर्णाली प्रदेशका विभिन्न जिल्लाको विद्यालय, वृद्घाश्रम केन्द्र तथा अस्पताललगायतका संस्थालाइ संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत कुल ९ लाख रुपैयाँबराबरको आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले आउँदो वैशाख ७ गते १५ औँ वार्षिकोत्सव मनाउँदैछ।
यसअन्तर्गत बैंकले जाजरकोट जिल्लाको हरिशिव प्राथमिक विद्यालय तथा कालिका प्राथमिक विद्यालय, सिमिकोटको बालमन्दिर माध्यमिक विद्यालय तथा मानसरोवर माध्यमिक विद्यालय, डोल्पा जिल्लाको बालमन्दिर आधारभूत विद्यालय, गौरी आधारभूत विद्यालय तथा आदर्श माध्यमिक विद्यालय, मुगु जिल्लाको महाकाली मोडल हाई स्कुल तथा नेपाल राष्ट्रिय आधारभूत स्कुल बालमन्दिर प्रत्येकलाई ५० हजार रुपैयाँकासाथै जुम्ला जिल्लाको जनता माध्यमिक विद्यालय ९प्राविधिक धार०लाई १ लाख रुपैयाँका साथसाथै हुम्ला जिल्लाको लालीगुँरास मावि, श्री कोट मावि तथा श्री हिमज्योती मावि प्रत्येकलाई ३३ हजार ३३३ हस्तानतरण गरेको छ।
विद्यार्थीको मानसिक, शारीरिक, बौद्धिक तथा सामाजिक विकास हुन सकेमा मात्रै उनीहरु पूर्ण मानव बन्न सक्छन् भन्ने कुरालाई शिरोधार्य गर्दै बैंकले विद्यालयलाई शैक्षिक तथा भौतिक रुपमा सबल बनाउन आर्थिक सहयोग प्रदान गरेको छ। यस सहयोगबाट सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने विश्वास बैंकले लिएको छ।
यसका साथै बैंकले हुम्ला जिल्लाको हिमालयन चिल्ड्रेन सोसाइटी, कैलाश मानसरोबर चिल्ड्रेन अफ हुम्ला तथा सुर्खेत जिल्लाको साझा घर प्रत्येकलाई ५० हजार रुपैयाँ हस्तानतरण गरेको छ। यस सहयोगले त्यहाँ रहेका असहाय, अशक्त, सडक तथा सार्वजनिक स्थलमा बेवारिसे, मानसिक अवस्थाबाट विचलित, पारिवारिक पुनस्र्थापना, अनाथ तथा बेसहाराको शिक्षा, स्वास्थ्य र खानपानमा टेवा पुग्नेछ। यस सहयोगले गरिब र पिछडिएका परिवारका बच्चाहरुलाई निःशुल्क शिक्षा, खाना र आश्रय पनि उपलब्ध गराउन मद्दत गर्ने बैंकले जनाएको छ।
बैंकले डोल्पा जिल्लाको जिल्ला हस्पिटल डोल्पा र सुर्खेत जिल्लाको प्रशान्ति वुद्धाश्रम केन्द्र प्रत्येकलाई ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ। यस रकम त्यहाँ आवश्यक विभिन्न सरसामानहरु ख्रिद गर्नका लागि उपयोग हुनेछ।
यसैगरी निकट भविष्यमा संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बैंकको योजना रहेको छ। नेपाल सरकारले अवलम्बन गरेको ‘समृद्ध नेपाल र सुखी नेपाली’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले लिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19