काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले काठमाण्डौको र्याडिसन होटेलमा विशेष छुट पाउने भएका छन्।
बैंक र होटेलबीच बीच बैंकका कार्डवाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपश्चात सिटिजन्स बैंकका कार्डवाहकले लाजिम्पाटस्थित र्याडिसन होटेलका साथै होटेलद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित लाउन्जबाट प्रदान गरिने सेवाहरुमा समेत विशेष छुट पाउनेछन्।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19