काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुर्खेतस्थित बज रेस्टुरेन्ट प्रालिबीच सिटिजन्स बैंकका कार्डवाहकलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डवाहकले बज रेस्टुरेन्टका सेवा सुविधाहरुमा १०% छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको छ।
यस्तै मोबाइल बैंकिङमार्पmत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल (यो सुविधामार्पmत सिटिजन्स बैंकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकले बिना कार्ड एटीएमबाट पैसा निकाल्न सक्नेछन्) र मुद्दति खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19