काठमाण्डौ । डिजिटल बंैकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुविधा प्रदान गर्ने क्रममा भुक्तानी सेवा प्रदायक फोकसवान प्रालिसँग कार्डमा आधारित स्क्यान टु पे÷क्यूआर माध्यमबाट भुक्तानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरी सेवा प्रारम्भ गरेको छ।
उक्त सेवा सञ्चालनमा आएसँगै बैंकका कार्डबाहकले फोकसवानद्वारा सञ्चालित मोको डिजिटल वालेटमा बैंकका डेबिट वा क्रेडिट कार्डहरु लिंक गरी सोही कार्डहरुबाट खर्च हुने गरी विभिन्न सेवाहरु जस्तै– मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानीलगायतका सेवा प्रयोग गर्न सक्नेछन्।
यसैगरी बैंकका ग्राहकले मोको वालेटमार्फत एनसीएचएलको नेपाल पेअन्तर्गतका क्यूआर माध्यमबाट भुक्तानीसमेत गर्न सक्नेछन्।
सिटिजन्स बैंकलगायतका विभिन्न बैंकहरुद्वारा प्रवर्द्धित नेपाल पेमेन्ट सोलुसन (नेप्स) तथा फोकसवानको सहकार्यमा प्रारम्भ गरिएको यस सेवाबाट बैंकको डिजिटल बैंकिङ सेवाको क्षेत्रमा नौलो आयाम थपिएको विश्वास बंैकले लिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago