काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चितवनको भरतपुरस्थित मनकामना हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सो समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले मनकामना हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा १५% सम्म छुट पाउनेछन्। यस किसिमकोसहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको छ।
त्यसैगरी आफ्ना कार्डबाहकको सुविधालाई ध्यानमा राखी नेपालभित्रका जुनसुकै बंैकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि बैंकले विभिन्न बचत खातामा गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago