काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ।
यसै क्रममा बैंकले रुकुमको भुमे गाउँपालिका–९ चुनवाङ (रुकुम पूर्व) यही असार १० गतेबाट ९६ औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। चुनवाङमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी भीमप्रसाद पुनलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ।
यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ। यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ।
बैंकले देशैभरि फैलिएका आफ्ना १७५ वटा शाखा, १२७ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १४ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago