काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुरको नख्खुस्थित फ्लेक्स फिटनेस सेन्टरबीच सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले फ्लेकस फिटनेस सेन्टरका विभिन्न सेवाहरुमा २०% सम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। 

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरु सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

 सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८१ वटा शाखा, ३ वटा विस्तारित काउन्टर, १३३ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १५ लाख २१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।