काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहकले काठमाण्डौको कमलपोखरीस्थित सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीमा विशेष छुट पाउने भएका छन्। 

सिटिजन्स बैंक र सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीबीच छुट सम्झौता भएको छ। समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीमा १०% सम्मको आकर्षक छुट पाउनेछन्। 

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। 

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरु सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट  करिब १४ लाख ९५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ। आफ्ना ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, आस्बा, ड्राफ्ट, भिसा डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवाजस्ता सुविधा पनि उपलब्ध गराउँदै आएको छ।