काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सुदूरपश्चिम प्रदेशअन्तर्गत धनगढी शाखाले आउँदै गरेको १६ औँ वार्षिकोत्सवलाई मध्यनजर गर्दै शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। 

आउँदो वैशाख ७ गते बैंकको वार्षिकोत्सव हो। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले  गौरीगंगा नगरपालिका–५ अन्डैयामा आयोजित शिविरमा करिब ३०० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथसाथैे आवश्यक औषधीहरुसमेत निःशुल्क वितरण गरेको छ।

शिविरमा अत्तरिया अस्पतालका डा आनन्द पाठक, डा अनिशकुमार शाह, डा सीता बम र डा धनसार जागरीको नेतृत्वमा रहेको टोलीले सुगर, प्रेसर सहित सामान्य स्वास्थ्य जाँच गरी विभिन्न रोगको चेकजाँचसहित आवश्यक स्वास्थ्य सुझाव दिएका थिए। बैंकले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ। गाउँ–गाउँमा शिविरको आयोजना गरी रोगको उपचारमात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्यअनुरुप शिविरको आयोजना गरिएको हो।

निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत यस्ता स्वास्थ्य शिविर प्रदेशका अन्य शाखामार्फत पनि सञ्चालन गर्ने योजना रहेको जनाएको छ। सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकजस्ता क्षेत्रमा निरनतर सहयोग गर्दै आइरहेको बैंकले आगामी दिनमा अन्य सशक्त ढंगबाट अगाडि बढाउने योजना रहेको जनाएको छ। 

सिटिजन्स बैंकले धनगढी शाखासहित देशैभरि फैलिएका आफ्ना १८२ वटा शाखा, १३९  वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १५ लाख ४० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।