 
                     
                                
                             
                                    काठमाण्डौ । ‘हजुरको प्रगतिको सहयात्री’ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रुपले विगत १६ वर्षदेखि नेपाली जनताको घरदैलोमा सर्वसुलभ बैंकिङ सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब १ दशकदेखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरन्जन प्रदान गर्दै आएको बेबी लाइफ होमलाई आर्थिक सहयोगस्वरुप रु. २ लाखको चेक हस्तान्तरण गरेको छ।
बैंकले आफ्नो सोह्रौँ वार्षिकोत्सव यही वैशाख ७ गते मनाउँदैछ। सोही उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो। एक समारोहबीच बैंकले रु. २ लाखको चेक संस्थाका सञ्चालक राजकुमार पुनलाई हस्तान्तरण गरेको छ।
बेबी लाइफ होममा रहेका २७ जना एचआईभी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका सञ्चालक राजकुमार पुनले जानकारी दिए।
त्यसैगरी कर्णाली क्षेत्र पर्यटन तथा साँस्कृतिक आरक्षण केन्द्रमार्फत चन्दननाथ माविमा ३ वर्ष वन विज्ञान डिप्लोमा तह र मदन भण्डारी कृषि प्राविधिक विद्यालयमा वनस्पति विज्ञानमा ३ वर्षको डिप्लोमा कार्यक्रममा अध्ययनरत २ जना विद्यार्थीलाई रु. १ लाख रुपैयाँबराबर छात्रवृत्ति प्रदान गरेको छ। हरेक वर्ष बैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ। यसैको निरन्तरतास्वरुप बैंकले आफ्नो वार्षिक कार्यतालिकाअनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो।
आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराएको छ।
सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा एटीएम ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १५ लाख ४० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19