काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा नयाँ सुविधाहरु थप गरेको छ।
डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंकले हाल मोबाइल बैंकिङ एपमार्फत नियमित प्रदान गर्दै आइरहेको सेवाहरुको अतिरिक्त अन्य उपयोगी सेवाहरु थप गरेको हो।
बैंकले आफ्ना विशेष ग्राहकलाई लक्षित गरी मोबाइलमार्फत प्रिभिलेज बैंकिङ सेवा सुरु गरेको छ। यसअघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरमार्फत प्रिभिलेज बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोमा अब मोबाइल बैंकिङ एपमार्फत नै प्रिभिलेज सेवाहरु प्रदान गर्नेछ। यस सेवाअन्तर्गत ग्राहकले बैंकका तोकिएका सम्पर्क अधिकृतहरुमार्फत बिना झन्झट बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्।
यसैगरी बैंकले आफ्नो एपमार्फत नेपालपेको क्यूआर सञ्चालनमा ल्याएको छ। अब बैंकका ग्राहकले फोनपेका अतिरिक्त नेपालपेको क्यूआर कोडसमेत स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्। यसका साथै बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी ग्राहकले चेक रोक्का राख्नेलगायतका थप सुविधा पनि प्राप्त गर्न सक्नेछन्।
सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउन्टर, १३९ वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १५ लाख ६५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago