काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोशी प्रदेशस्थित रंगेली अस्पताललाई २ वटा पोस्ट अपरेशन मोनिटर र एउटा भ्याक्सिन स्टोरेज को लागि फ्रिज प्रदान गरेको  छ। 

सिटिजन्स बैंकको प्रदेश कार्यालय विराटनगरमार्फत शाखा कार्यालय रंगेलीद्वारा रंगेली अस्पातलाई गत शुक्रबार एक समारोहबीच ती सामान प्रदान गरेको हो। कार्यक्रममा रंगेली नगरपालिकाका नगर प्रमुख दिलीपकुमार अग्रवाल, उपप्रमुख भुमा पराजुली, रंगेली अस्पाताल विकास समितिका अध्यक्षका साथै अन्य अस्पातल प्रशासनका कर्मचारी र बैंकका प्रतिनिधिहरुको उपस्थिति थियो।

यसका साथै सिटिजन्स बैंकले काठमाण्डौको डिल्लीबजारस्थित डिल्लीबजार कन्या क्याम्पसलाई  संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रोजेक्टर हस्तान्तरण गरेको छ। विद्यार्थीहरुलाई पठानपाठनमा सजिलो होस् भन्ने मनासयले प्रोजेक्टर प्रदान गरिएको बैंकले जनाएको छ। 

निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत यस्ता कार्यक्रमहरु प्रदेशका अन्य शाखाहरुमार्फत सञ्चालन गर्ने योजना रहेको जनाएको छ। सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको बकैंले आगामी दिनहरुमा अन्य सशक्त ढंगबाट यस्ता कार्यक्रमहरु अगाडि बढाउने योजना रहेको जनाएको छ। 

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउन्टर, १४० वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १५ लाख ८० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।