काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालगन्जको धम्बोझीस्थित ज्येष्ठ नागरिक क्लब भवन निर्माण उपभोक्ता समितिलाई आर्थिक सहयोग प्रदान गरेकोे छ। 

ज्येष्ठ नागरिकहरुका लागि क्लब सुविधा निर्माण गर्ने मुख्य उद्देश्यका साथ उक्त उपभोक्ता समिति स्थापना गरिएको  हो। जसले ज्येष्ठ नागरिकहरुका विभिन्न समस्यालाई एउटै छानामुनि सम्बोधन गर्न र समाजमा कुनै पनि विषयको सन्दर्भमा उनीहरुको आवाजलाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ। 

जेष्ठ नागरिक क्लबले उनीहरुलाई आफ्ना समस्या समाधान गर्न, सदस्यद्वारा पारस्परिक रुपमा लाभ उठाउन र पुनर्निमाण गर्न मद्दत गर्ने लक्ष्य राखेको छ। 

बैंकले एक समारोहबैंकले १ लाख १ हजार रुपैयाँको चेक संस्थाका अध्यक्ष अजितकुमार शर्मालाई हस्तान्तरण गरेको छ। ज्येष्ठ नागरिक क्लबमा १६५ जना सदस्य रहेका संस्थाका अध्यक्ष शर्माले जानकारी दिए। 

‘हजुरको प्रगतिको सहयात्री’ भन्ने नाराका साथ अनवरत रुपले नेपाली जनताको घरदैलोमा सर्वसुलभ बैंकिङ सेवा पुर्याउँदै आएको बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाएको छ। 

सिटिजन्स बैंकले धारापानी शाखासहित देशैभरि फैलिएका आफ्ना १८४ वटा शाखा, १४१ वटा एटीएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १५ लाख ९० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।