काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नारायणगढ शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देवघाटाधामस्थित श्री गलेश्वर आश्रमलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। 

तनहुँको देवघाटस्थित संस्कृत गुरुकुलमार्फत देशभरिका विद्यार्थीलाई निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको श्री गलेश्वर आश्रम लाई सिटिजन्स बैंकले दुई चरणमा गरी जम्मा ५ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो। संस्कृत गुरुकुल भवन निर्माणको सहयोगार्थ यसअघि नगद रु. ३ लाख रकम प्रदान गरिसकेको र हाल भवन निर्माणकार्य प्रगतिको निरीक्षणपश्चात बाँकी रकम रु. २ लाख बैंकले उपलब्ध गराएको हो। 

गुरुकुल शिक्षामार्फत संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान पुर्याउँदै निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको संस्थालाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको हो।

यसका साथै सिटिजन्स बैंकको सम्सी शाखाले श्री जनता माध्यमिक विद्यालय सम्सी प्रवाह महोत्तरीका कक्षा १ का करिब १०० विद्यार्थीलाई सामाजिक उत्तरदायित्वअन्तर्गत झोला वितरण गरेको छ। उक्त विद्यालयमा अधिकांश विद्यार्थी मुस्लिम र दलित समुदायबाट र कमजोर आर्थिक अवस्था भएका छन्। यस कार्यले उनीहरुको शैक्षिक कार्यलाई थोरै भए पनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक  आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ। 

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८८ वटा शाखा, १४५ वटा एटीएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।