काठमाण्डौ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाहरुको असार महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।
कोष प्रवर्द्धक सिटिजन्स बैंक र योजना व्यवस्थापक सिटिजन्स क्यापिटल रहेका सिटिजन्स म्युचुअल फन्ड–१, सिटिजन्स म्युचुअल फन्ड–२ र सुपर ३० म्युचुअल फन्डको वित्तीय विवरण प्रकाशित भएको हो।
असारमा सिटिजन्स म्युचुअल फन्ड–१को न्याभ बढेर १०.२४ रुपैयाँ कायम भएको छ। गत जेठमा पनि न्याभ ९.३९ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत असारसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ७८ करोड ८६ लाख रुपैयाँ लगानी भएको छ। गत जेठसम्म यस्तो लगानी ७२ करोड ५३ लाख रुपैयाँ थियो।
असारसम्म यो योजनाको कुल आय ९ करोड ५ लाख रुपैयाँ रहेको छ। गत जेठमा कुल आय २ करोड ६ लाख रुपैयाँ थियो।
यसैगरी असारमा सिटिजन्स म्युचुअल फन्ड–२को न्याभ पनि बढेर १०.८० रुपैयाँ कायम भएको छ। गत जेठमा यो योजनाको न्याभ १०.०५ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत वैशाखसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ५८ करोड ७ लाख रुपैयाँ लगानी भएको छ। गत जेठसम्म यस्तो लगानी ५१ करोड २१ लाख रुपैयाँ थियो।
वैशाखमा यो योजनाको कुल आय ४ करोड ९० लाख रुपैयाँ रहेको छ। गत चैतमा कुल आय ७१ लाख ८४ हजार रुपैयाँ थियो।
असारमा सिटिजन्स सुपर ३० म्युचुअल फन्डको न्याभ पनि बढेर १०.२३ रुपैयाँ कायम भएको छ। गत जेठमा यो योजनाको न्याभ १०.०८ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत वैशाखसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ४१ करोड ७३ लाख रुपैयाँ लगानी भएको छ। गत जेठसम्म यस्तो लगानी २७ करोड २४ लाख रुपैयाँ थियो।
वैशाखमा यो योजनाको कुल आय १ करोड ७० लाख रुपैयाँ रहेको छ। गत चैतमा कुल आय ६० लाख ५६ हजार रुपैयाँ थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19