काठमाण्डौ । विगत १७ वर्षदेखि निरन्तर उत्तरदायी बैंकिङ सेवा प्रदान गर्दै आइरहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो कोल्हुवा शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नवलपुरको मध्यविन्दु–२स्थित कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई १३ वटा प्लास्टिक कम्पोस्ट बिन हस्तान्तरण गरेको छ।
बैंकले एक समरोहबीच उपभोक्ता समितिका अध्यक्ष सुवासचन्द्र नेपाललाइ ती सामग्री हस्तान्तरण गरेको हो। कम्पोस्ट बिनको प्रयोगले उपभोक्ताका भान्छाघरमा प्रयोग भएका दैनिक उपभोग्य वस्तुहरुबाट उत्पन्न हुने नियमित फोहोरलाई व्यवस्थापन गर्न मद्दत गर्दछ।
कम्पोस्ट बिनको प्रयोगद्वारा जैविक फोहोरलाई हटाएर समुदायले उत्पादन गर्ने समग्र फोहोरलाई कम गर्ने र स्थानीय फोहोर व्यवस्थापन प्रणाली र ल्यान्डफिल क्षमतामा भार कम गर्ने विश्वास बैंकले लिएको छ।
आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाएकोछ।
सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा एटीएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाख ३७ हजारभन्दा बढी ग्राहर्कलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19