काठमाण्डौ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाहरुको साउन महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।
कोष प्रवर्द्धक सिटिजन्स बैंक र योजना व्यवस्थापक सिटिजन्स क्यापिटल रहेका सिटिजन्स म्युचुअल फन्ड–१, सिटिजन्स म्युचुअल फन्ड–२ र सुपर ३० म्युचुअल फन्डको वित्तीय विवरण प्रकाशित भएको हो।
साउनमा सिटिजन्स म्युचुअल फन्ड–१को न्याभ घटेर १०.०८ रुपैयाँ कायम भएको छ। गत असारमा पनि न्याभ १०.२४ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत साउनसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ७० करोड ७८ लाख रुपैयाँ लगानी भएको छ। गत असारसम्म यस्तो लगानी ७८ करोड ८६ लाख रुपैयाँ थियो।
साउनसम्म यो योजनाको कुल व्यय १ करोड ३७ लाख रुपैयाँ रहेको छ। गत असारमा कुल आय ९ करोड ५ लाख रुपैयाँ थियो।
यसैगरी साउनमा सिटिजन्स म्युचुअल फन्ड–२को न्याभ पनि घटेर १०.४९ रुपैयाँ कायम भएको छ। गत असारमा यो योजनाको न्याभ १०.८० रुपैयाँ थियो।
यो योजनाअन्तर्गत वैशाखसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ५० करोड ७० लाख रुपैयाँ लगानी भएको छ। गत असारसम्म यस्तो लगानी ५८ करोड ७ लाख रुपैयाँ थियो।
वैशाखमा यो योजनाको कुल व्यय १ करोड ७२ लाख रुपैयाँ रहेको छ। गत चैतमा कुल आय ४ करोड ९० लाख रुपैयाँ थियो।
साउनमा सिटिजन्स सुपर ३० म्युचुअल फन्डको न्याभ भने बढेर १०.४६ रुपैयाँ कायम भएको छ। गत असारमा यो योजनाको न्याभ १०.२३ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत वैशाखसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ३६ करोड ८२ लाख रुपैयाँ लगानी भएको छ। गत असारसम्म यस्तो लगानी ४१ करोड ७३ लाख रुपैयाँ थियो।
वैशाखमा यो योजनाको कुल आय १ करोड ७६ लाख रुपैयाँ रहेको छ। गत चैतमा कुल आय १ करोड ७० लाख रुपैयाँ थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19