काठमाण्डौं । प्राथमिक बजारमा १०० रुपैयाँ अंकित दरमा १४४ प्रिमियमसहित प्रतिकित्ता २४४ रुपैयाँमा बिक्री भएको सिटिजन्स लाइफ इन्स्योरेन्सको दोश्रो बजारमा कारोबारको पहिलो दिन भने सुखद रहेन ।
यो कम्पनीले दोश्रो बजारमा कारोबारमा आएको पहिलो दिन नै नेगेटिभ सर्किटको झट्का व्यहोर्नुपरेको छ ।
नेप्सेले यो कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम १७२.४३ रुपैयाँदेखि ५१७.२९ रुपैयाँको ओपनिङ रेञ्ज तोकेको थियो ।
आज स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर प्रतिकित्ता ५०८ रुपैयाँमा किनबेच भएको थियो । तर दोश्रो बजारको नियमित सेसनमा भने नकारात्मक सर्किटको झट्का लाग्यो ।
आज नेप्सेमा यो कम्पनीको मात्रै करिब १५ करोडको कारोबार भयो ।
आजको अन्तिम बिक्रीमूल्य १० प्रतिशतले नेगेटिभ सर्किट् लागेर ४५७ रुपियाँ कायम रह्यो ।
नासा सेक्युरिटिज स्टक ब्रोकर नम्बर ५८ बाट मात्रै यो कम्पनीको ४३ हजार कित्ता सेयर बिक्री भएको छ ।
त्यसपछि दोस्रोमा भृकुटी स्टक ब्रोकिङबाट ४२० कारोबारमा करिव ३१ हजार कित्ता सेयर बिक्री भएको छ ।
खरिदतर्फ इम्पेरियल सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४५ बाट करिब २१ हजार कित्ता र अनलाइन सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४९ बाट पनि करिब २१ हजार कित्ता देखिन्छ ।
यसरी कारोबार खुलेको पहिलो दिन नै बिक्रीको लहर देखिनु पछाडिको कारण म्युचुअल फण्डरुले नाफा बुक गर्न खोज्दाको प्रयासलाई लिइएको छ । २४४ मा आरक्षण कोटाबाट खरीद गरेको सयौं कित्ता कारोबार खुलेको दिन नै झण्डै दोब्बर मूल्यमा बेच्न पाइने अवस्था बनेपछि म्युचुअल फण्डहरुले बिक्री गरी प्रफिट बुक गरेका सर्वसाधारणको दाबी छ ।
म्युचुअल फण्डहरुले सिटिजन्स लाइफको सेयर उच्च नाफा लिएर पहिलो दिन नै बिक्री गरे पनि यो प्रवृतिले समग्र बजार प्रभावित भएको दाबी सर्वसाधारणको छ ।
केही समयअघिदेखि प्रिमियम मूल्यमा सेयर जारी गर्ने कम्पनीको आइपीओ दोश्रो बजारमा कारोबार खुलेको दिन नै उच्च रिटर्न लिएर बिक्री गर्ने म्युचुअल फण्डहरुको हतारो देखिन्छ । यसैलाई आधार मानेर केही समयदेखि म्युचुअल फण्डहरुलाई आइपीओमा दिइँदै आएको आरक्षण कोटा खारेज हुनुपर्ने माग समेत चर्को रुपमा उठिरहेको छ ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago