काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई काठमाण्डौको दरबारमार्गस्थित गुरु ट्राभल्स लिमिटेडमा विशेष छुट हुने भएको छ। 

छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले गुरु ट्राभल्समार्फत विभिन्न अन्तर्राष्ट्रिय भ्रमण प्याकेजहरु लिँदा रु. १० हजारसम्मको छुट पाउनेछन्। यसका साथै गुरु ट्राभल्सको सिफारिसमा डलर÷ट्राभल्स कार्ड बनाउन आउने ग्राहकलाई बैंकले कार्ड जारी शुल्कमा आकर्षक छुट दिने भएको छ। 

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ। 

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ। 

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा एटीएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाख ५० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।