काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलको सञ्चालक समितिले बैंकको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याललाई नियुक्त गरेको छ । 

तत्कालीन नेपाल ग्रिन्डलेज बैंक (हालः स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल) बाट बैंकिङ्ग करियर प्रारम्भ गरेका नवनियुक्त स्वतन्त्र सञ्चालक अर्याल विगत ३२ वर्षदेखि बैंकिङ क्षेत्रमा संलग्न छन् । 

उनीसँग कुमारी बैंक तथा साविकको नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा सात वर्षको कार्यअनुभव समेत रहेको छ । त्रिभुवन विश्व विद्यालयवाट एमबीए हासिल गरेका उनले स्वदेश तथा विदेशमा गरी दर्जनौ बैंकिङ सम्बन्धि प्रशिक्षण तथा लेखा परीक्षण अनुभव रहेको छ । 

कम्पनीले उनको नियुक्ति पछि सुशासन तथा बैंकिङ जग थप बलियो बनाउन सहयोग पुग्ने बिश्वास लिएको बताएको  छ। कम्पनीले देशैभरी फैलिएका आफ्ना १८९ वटा शाखा, १४९वटा एटीएम र ९७ वटाशाखा रहित बैंकिङ इकाईहरुबाट १६ लाख ७६ हजार ग्राहकवर्गलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।