काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल र जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्स बीच बैंकको आन्तरिक लेखापरीक्षण गर्नेे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

मंगलबार आयोजित एक समारोहका बीच सो सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको तर्फबाट मनमोहन राज काफ्लेले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात् सिटिजन्स बैंकको आन्तरिक लेखा परीक्षण सम्बन्धी सम्पूर्ण कार्य प्रचलित लेखामान, प्रचलित कानून तथा स्वीकृत लेखा परीक्षण मापदण्ड भित्र रही जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सले संपादन गर्ने छ ।

कम्पनीले देशैभरी फैलिएकाआफ्ना १९० वटा शाखा, १५१ वटा एटीएम र  ९७ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट १६ लाख ८२ हजार ग्राहक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।