काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले चितवनको रत्ननगरस्थित झुवानी माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूलाई ब्रेल शैक्षिक सामग्री  प्रदान गरेको छ । 
 
विभिन्न किसिमका अपांगता भएका बालबालिका र युवाका लागि काम गर्दै आएकोे मैत्री समाज नेपालसँगको सहकार्यमा कम्पनीले उक्त सहयोग प्रदान गरेको हो । 
 
शुक्रबार विद्यालयमा आयोजित कार्यक्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप १ लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा उनले दृष्टिविहीन तथा अन्य अपांगता भएका बालबालिकाहरुसँग पर्याप्त शैक्षिक सामग्री उपलब्ध नहुने र आवश्यक शैक्षिक सुविधाहरुबाट वञ्चित हुने भएकाले ब्रेल पेपर र अन्य ब्रेल शैक्षिक सामग्री प्रदान गर्न पाउदाँ सांकेतिक रुपमा समाजप्रतिको उत्तरदायित्वलाई आत्मसाथ गरेको बताए ।
 
कम्पनीले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने योजना बताएको छ । 
 
कम्पनीले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा एटीएम, तीन ओटा विस्तारित काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट १६ लाख ८६ हजार ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।