Symbolic Photo
काठमाण्डौ । सिटिजन्स म्युचुअल फण्डअन्तरगतको दोश्रो स्किम सिटिजन्स म्युचुअल फण्ड २ मा लगानी गर्ने आज (आइतबार) अन्तिम अवसर रहेको छ ।
गते जेठ १ गतेबाट बिक्री खुलाइएको यो म्युचुअल फन्डको इकाइहरुको बिक्री आइतबारबाट बन्द हुनेछ ।
सिटिजन्स बैंक इन्टरनेशनलको प्रवर्धन र सीबीआइएल क्यापिटल लिमीटेडको व्यवस्थापनमा प्रति इकाई १० रुपैयाँ दरको १० करोड इकाई निश्कासन भएको थियो ।
कुल निश्कासन हुने १० करोडमध्ये बिज पूँजीबापत १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निश्कासन भएको छ।
यो स्किमको इकाईमा छिटोमा जेठ १३ गतेभित्र र ढिलोमा असार ८ गतेभित्र आवेदन दिइसक्नुपर्ने जनाइएको थियो ।
इच्छुकले न्यूनतम १०० देखि अधिकतम २ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् ।
यो स्किम ७ वर्षे बन्दमुखी फण्ड हो । यस्ता म्युचुअल फण्डहरुको इकाई दोश्रो बजारमा समेत सूचिकृत भई कारोबारमा आउँछ । दोश्रो बजारमा आइसकेपछि आफूले चाहेको बेला बिक्री समेत गर्न सकिन्छ ।
सीबीआइएल क्यापिटल जस्ता मर्चेन्ट बैंकरहरुले यस्ता फण्डहरुको व्यवस्थापन गर्ने गर्दछन् । उनीहरुले सर्वसाधारणबाट लगानी उठाएर दोश्रो बजारमा व्यवस्थित ढंगले लगानी गर्छन् । दोश्रो बजारको विषयमा जानकारहरुको टिम समेत यस्ता कम्पनीमा हुने हुँदा सर्वसाधारणको लगानी डुब्ने संभावना न्यून हुन्छ ।
विशेष गरी यस्ता म्युचुअल फण्डहरु दोश्रो बजारको विषयमा पर्याप्त ज्ञान नभएकाहरुका लागि लगानीको उत्तम विकल्प समेत हो । तपाईले गर्नुभएको लगानी दोश्रोबजारमै हुन्छ, तर यस्ता इकाईमार्फत ।
पछिल्लो समय दोश्रो बजार बढिरहेकोले म्युचुअल फण्डहरुको नेट एसेट भ्यालू९न्याभ०मा सुधार भइरहेको छ। कम्पनीहरुले बजार बढेसँगै कमाईको रफ्तार समेत बढाएका छन् । बजार वृद्धिको समय सुरु भएकोले समेत यस्ता फण्डहरुमा लगानी गर्नेले राम्रै रिटर्न पाउनेछन् ।
सीबीआइएल क्यापिटलले यसअघि ८२ करोड रुपैयाँ बराबरको सिटिजन्स म्युचुअल फण्ड १ संचालन गरिरहेको छ । यसको न्याभ ९।७३ रुपैयाँ रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago