काठमाण्डौ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गतको सिटिजन्स म्युचुअल फन्ड–२ लाई नेपाल स्टक एक्सचेन्ज लिमिटेडले 'सीएमएफ २' कारोबार संकेत प्रदान गरेको छ । यही संकेतमा यो म्युचुअल फन्डको सोमबारदेखि कारोबार सुरु भएको छ ।
सिटिजन्स म्युचुअल फन्डको दोस्रो सामूहिक लगानी कोष योजनाअन्तर्गत यो म्युचुअल फन्डका ५ करोड ६० लाख इकाइ हिजो आइतबार नेप्सेमा सूचीकृत भएको थियो । त्यसपछि नेप्सले इकाइ कारोबारका लागि संकेत प्रदान गरेको हो । यो म्युचुअल फन्डको पहिलो कारोबारका लागि नेप्सेले १० रुपैयाँको कारोबार रेन्ज प्रदान गरेको छ।
गत जेठ ९ गतेदेखि असार ८ गतेसम्म यो म्युचुअल फन्डका कुल १० करोड इकाइ बिक्री खुला गरिएको थियो । कुल १ अर्ब रुपैयाँबराबरको इकाइमध्ये बीज पूँजीबापत १ करोड ५० लाख इकाइ कोष प्रवद्र्धक सिटिजन्स बैंकले सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो । जसमा ५ करोड ६० लाख इकाइमात्र बिक्री भएको हो ।
सिटिजन्स म्युचुअल फन्डको पहिलो सामूहिक लगानी कोष योजना सिटिजन्स म्युचुअल फन्ड–१ हाल दोस्रो बजारमा कारोबार भइरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago