काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ूिचरायूू नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट प्रा.लि.,बसुन्धरा, बीच बैंकका ग्राहकवर्गलाई हस्पिटलको सेवा शूूल्कमा विशेष छूूट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौता पश्चात् सिटिजन्स बैंकका डेबिट,क्रेडिट र प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकमहानूभावहरुले चिरायूू नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट प्रा.लि. मा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छूूट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले जनाएको छ ।
“योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८२ वटा एटीएम र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago