काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वर स्थित महेन्द्र भवन माध्यामिक आवाशिय बिद्यालयलाई संस्थागत सामाजिक उतर दायित्व कार्यक्रम अन्तर्गत बिद्यालयको शौचालय निर्माणका लागि रु ५००,००० (पाँच लाख) आर्थिक सहयोग प्रदान गरेको छ । 

बैंकमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरियोे । 

बिद्यार्थीको मानसिक बिकासमा स्वास्थ्यले ठूलोे भूमिका खेल्ने भएकोले गर्दा बिद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखी यस बैंकले यो सहयोग गरेको छ ।

नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले लिएको छ । 

भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।