काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडीएससी) विराटनगरद्वारा विराटनगर महानगरपालिका वोडा नं. ९, भानु टोलस्थित ज्येष्ठ नागरिकहरुका लागि ज्येष्ठ नागरिक दिवा सेवा (ब्रह्मज्ञानी बिश्रामालय) र फिजियोथेरापी सेवा कार्यका लागी जम्मा रु. १ लाख आर्थिक सहयोगस्वरुप प्रदान गरेको छ।
नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडीएससी) द्वारा ज्येष्ठ नागरिकहरुको हक, अधिकार र स्ांरक्षण तथा पुस्तान्तरण गर्ने उधेश्यका साथ ज्येष्ठ नागरिकहरुका लागि सुविधा सम्पन्न ब्रह्मज्ञानी बिश्रामालय सञ्चालनमा रहेको छ। जहाँ ज्येष्ठ नागरिकहरुका लागी विभिन्न सृजनात्मक क्रियाकलापहरु गरिन्छ।
संस्थाले विभिन्न ठाउँमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र व्यवस्थापन तथा सञ्चालन गर्दै आइरहेको छ र सो केन्द्रको क्षमता अभिवृद्धी तथा भौतिक सहयोगको कार्यक्रमहरु गरिरहेको छ। यसका साथै ज्येष्ठ नागरिकहरुप्रति हुने दुव्र्यव्यवहार तथा हिंसा न्यूनीकरण गर्ने सरोकार वालाहरुसँग निरन्तर अन्तर्क्रिया तथा नियम कानुनहरुको प्रभावकारी कार्यन्वयनका लागि विविध कार्यहरु गर्दै आएको छ।
सिटिजन लाइफले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा हरेक वर्ष स्थानीयस्तरमा रक्तदान, निशुल्क स्वास्थ्य शिविर, गरिव, असहाय तथा वृद्धवृद्धालाई निःशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाइलगायतका कार्यक्रम एवम विद्यार्थीहरुलाई पोसाक, पुस्तक, स्टेस्नरीलगायतका शैक्षिक सामग्री वितरण गर्दै आइरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago