Poshak Raj Poudel
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमूख कार्यकारी अधिकृतमा पोषकराज पौडेल नियुक्त भएका छन् ।
बिमा क्षेत्रमा क्षेत्रमा १५ वर्ष, वित्तीय क्षेत्रमा ८ वर्ष तथा अन्य क्षेत्रको अनुभव समेत गरी समग्र २८ वर्षको व्यवसायिक अनुुभवी पौडेलको गत हप्ता बीमा समितिबाट आगामी ४ वर्षका लागि नियुक्ति स्वीकृत गरिएको थियो ।
पौडेल यसअघि अमेरिकन लाईफ इन्स्योरेन्स कम्पनी(मेट लाईफ)मा वित्त प्रमूखको पदमा रही उच्च व्यवस्थापन समूहमा कार्यरत थिए ।
त्रिभूवन विश्वविद्यालयबाट एमबिए तथा अमेरिकाबाट एसिएस र एफएलएमआईको कोर्ष पूरा गरेका पौडेलले स्वदेश तथा विदेशमा नेतृत्व विकास तथा व्यवस्थापन लगायतका विभिन्न तालिम तथा गोष्ठीमा सहभागी हुनुुको साथै, प्रशिक्षण सम्बन्धी अनुुभव समेत हासिल गरेका बताइएको छ ।
उनको नियुक्तिसँगै कम्पनीले रचनात्मक तथा आवश्यकता अनूसारको प्रविधी मैत्री नविनतम योजनाहरु संचालनमा ल्याउने लक्ष्य लिएको छ । कार्तिक २ गतेदेखि व्यवसायिक कारोवार सुरु गरेको कम्पनीले विभिन्न स्थानमा ३२ वटा कार्यालयहरु मार्फत हाल सम्म १२ करोडको कारोबार गरिसकेको छ ।
कम्पनीले ब्राण्ड एम्बेस्डरमा महजोडीलाई नियुक्त गरी बिमा सम्बन्धी जनचेतना फैलाउने उद्देश्य लिएको छ ।
कम्पनीको ३ अर्बको अधिकृत पूँजी र २ अर्ब ५० करोडको जारी पूँजी रहेको छ । चुक्तापुँजी भने एकअर्ब ७५ करोड रुपैयाँ रहेको छ । कम्पनीले निकट भविष्यमै ७५ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि जारी गर्नेछ ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago