काठमाडौँ । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म ७ करोड ५५ लाख खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो त्रैमास सम्ममा कम्पनीले ५ करोड १४ लाख खुद मुनाफा आर्जन गरेको कम्पनीले यस त्रैमासमा मात्र २ करोड ४० लाख खुद मुनाफा आर्जन गरेको आइतबार सार्वजनिक वित्तीय विवरणले उल्लेख गरेको छ । 

समीक्षा अवधिमा कम्पनीले २१ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो त्रैमासमम्ममा कम्पनीले ७ करोड ६१ लाख बीमाशुल्क आम्दानी गरेको थियो । यस त्रैमासमा मात्र कम्पनीले १३ करोड ९४ लाख बीमा शुल्क आर्जन गरेको छ । यसरी हेर्दा तेस्रो त्रैमासमा कम्पनीको व्यापार आक्रामक रुपमा विस्तार भएको देखिएको देखिन्छ । 

कम्पनीमा हालसम्म ३६ हजार ३ सय ८२ वटा बीमालेख जारी गरेको छ । अघिल्लो त्रैमाससम्ममा कम्पनीले १५ हजार ७५ वटा मात्र बीमालेख जारी गरेको थियो । यसैगरी यस अवधिमा कम्पनीले २८ लाख ५८ हजारको दावी भुक्तानी गरेको छ । 

कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रहेको छ । गत वर्ष कम्पनीको चुक्ता पूँजी १ करोड ३८ लाखमात्र रहेको थियो । यस वर्ष कम्पनीले १ अर्ब ७३ करोड पूँजी वृद्धि गरेको वित्तीय प्रतिवेदनमा उल्लेख छ । ४३ करोड ८ करोठ १० लाख रुपैयाँ जगेडा कोषमा छ । बीमा समितिले दिएको निर्देशन अनुसार चुक्ता पूँजी २ अर्ब कायम गर्नुपर्नेछ । 


कम्पनीले यस वर्षबाट मात्र जीवन बीमाको कारोबार शूरु गरेकोले प्रतिशेयर आम्दानीको हिसाब सार्वजनिक गरिएको छैन ।