City Express Money Transfer
काठमाण्डौ । दश वर्षअघिदेखि रेमिटान्स भित्र्याउने कार्यमा सक्रिय भई छोटो समयमै अग्रणी भूमिकामा प्रस्तुत हुन सफल कम्पनी सिटी एक्सप्रेस मनि ट्रान्सफर सोमबारदेखि कमलादीस्थित आफ्नै भवनमा सरेको छ ।
१० औं वार्षिकोत्सवको अवसर पारी कमलादीमा हालै निर्माण सम्पन्न नयाँ भवनको सोमबार एक समारोहका बीच राष्टबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले उद्घाटन गरे ।
उद्घाटन समारोहमा बोल्दै नेपाल राष्टबैंकका गभर्नर डा. नेपालले हाल मुलुकमा औपचारिक च्यानलबाट साढे ६ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको जानकारी दिए । ‘रेमिट्यान्स सेवा प्रदायकहरुकै कारण औपचारिक च्यानलबाट रेमिटान्स भित्र्याउने कार्यमा प्रोत्साहन थपिएको छ ।' उनले भने-'हाल रेमिटान्सले नै अर्थतन्त्र धानिएका कारण सिटी एक्सप्रेस जस्ता कम्पनीको भूमिका समग्र अर्थतन्त्रको सुधारका लागि महत्वपूर्ण रहेको छ ।'
कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनले कम्पनीले देशविदेशमा रहेका ५ हजार एजेन्टमार्फत लाखौ ग्राहकलाई सेवा प्रदान गरिरहेको जानकारी दिए । ०६४ असार २७ गते स्थापना भएको कम्पनीले १० वर्षको अवधिमा उल्लेख्य प्रगति गरेको उनले बताए । ‘हामीले २ जना कर्मचारी र कारोबार रकम शून्यबाट सेवा शुभारम्भ गरेका थियौं,’ उनले भने–‘अहिले सयौं कर्मचारी छन् भने अर्बौको कारोबार हुन्छ ।’
यस अवधिमा अधिकृतपुँजी १० गुणाले र चुक्ता पुँजी २० गुणाले बढाएको टण्डनले जानकारी दिए । वैदेशिक रोजगारीमा रहेकाहरुको रेमिटान्सलाई सुरक्षित रुपमा नेपालमा भएका घर परिवारसम्म पुर्याउने सिटी एक्सप्रेसको सेवाप्रति सर्वसाधारणको आकर्षण र विश्वास दिनानुदिन बढ्दै गएको उनले बताए ।
कम्पनीले चर्चित हाँस्य कलाकारद्धय सीताराम कट्टेट ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई ब्राण्ड एम्बेस्डरमा यसअघि नै नियुक्त गरेको थियो । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले धुर्मुस सुन्तली फाउन्डेसमा १५ लाख ५५ हजार रुपैयाँ सहयोग गरिसकेको छ । सो फाउन्डेसनमार्फत भूकम्प पीडितका लागि घर बनाउने काम हुँदै आएको छ ।
यसैबीच, सोही अवसरमा कम्पनीले डेलिकेटेड इम्प्लोइ अवार्ड अन्तर्गत यो वर्षको अवार्ड कम्पनीकी म्यानेजर बन्दना श्रेष्ठलाई प्रदान गरेको छ । त्यसैगरी, असिस्टेन म्यानेजर हरी वाग्ले पनि डेलिकेटेड इम्प्लोइ अवार्डबाट पुरस्कृत भए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका वैदेशिक विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले चालु आर्थिक वर्षमा ७ खर्बको हाराहारीमा रेमिट्यान्स प्राप्त हुने दाबी गरे । रेमिटान्सले मुलुकको व्यापार घाटा सन्तुलन कायम गर्न र मुलुकको भुक्तानी सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुर्याएको उनको भनाई थियो ।
राष्ट्र बैंकले हालसम्म ५० वटा कम्पनीलाई रेमिटान्सको कारोबार गर्न पाउने लाइसन्स दिएको उनले जानकारी दिए । ढुंगानाले रेमिटान्स व्यवसायको अझै पनि उत्तिकै संभावना रहेको बताए । ‘कोरियाबाट मात्रै वाषिर्क ४२ अर्ब रुपैयाँ रेमिटान्स आउनुपथ्र्यो, तर २ अर्ब रुपैयाँमात्रै आउने गरेको छ।’ उनले भने–‘त्यो रेमिट्यान्स सेवा प्रदायक कम्पनीहरुका लागि ठूलो संभावना बोकेको ठाउँ हो ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19