काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंको कमल पोखरीमा सञ्चालनमा ल्याएको व्यावसायिक भवन सिटी सेण्टरमा गत शुक्रवारदेखि ʽसिटी सेण्टर सेलेब्रेशन: दशैं तथा तिहार उत्सव २०७५ʼ सञ्चालन भएको छ । 

सम्पूर्ण घरायसी सामानहरू पाइने नेपालकै उत्कृष्ट मलहरूमध्येमा पर्ने सिटी सेण्टरले महान चाड दशैंतिहार तथा छठको अवसर पारेर उक्त मेलाको आयोजना गरेको हो ।

दुई महिनासम्म सञ्चालन हुने मेलामा घरायसी सम्पूर्ण सामानमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरिएको सेण्टरले जानकारी गराएको छ । विगतदेखि नै ग्राहकमुखी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको सो सेण्टरले यसपटक पनि त्यसैको निरन्तरता स्वरुप दशैं मेला आयोजना गरेको बताएको छ ।

यस्ता छन् मेलाका अन्य आकर्षण
१.सिटी सेण्टरले मेलाको अवसरमा २ महिनासम्म साङ्गीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू गर्ने र उक्त कार्यक्रममा सहभागी ग्राहकहरूले विभिन्न उपहार पनि जित्न सक्नेछन् । 
२.मेला अवधिभर यस मलमा आउने सबै ग्राहकहरू ʽइण्टर द मल  एण्ड वीनʼ योजनामा सहभागी हुन पाउनेछन् । यस योजनामा सहभागी भएकामध्येबाट लक्की ड्रमार्फत भाग्यशाली विजेता घोषणा गरिने र ती विजेतालाई आकर्षक ग्राण्ड प्राइज दिइनेछ । 
३.मेलामा युवापुस्ताका लोकप्रिय गायक स्वप्नसुमनको दमदार प्रस्तुति प्रत्यक्ष हेर्न पाइने, हरेक दिन विभिन्न ब्याण्डको प्रस्तुति रहने, हास्य कलाकारहरूले ʽस्ट्याण्ड अप कमेडीʼ पनि प्रस्तुत गर्नेछन् । प्रत्येक फ्लोरमा फोटो बुथ पनि राखिनेछ । 
४.यस मलमा सामान किन्ने ग्राहकहरू ३ बजे र ६ बजे गरिने लक्की ड्रमा सहभागी हुन पाउनेछन् र यसका विजेताहरूले १ घण्टाको पार्किङ फ्रि तथा ड्रिङ्सहरू जित्न सक्नेछन् । 
५.मलले बालबालिकाहरूलाई निːशुल्क खेल्ने ठाउँको पनि व्यवस्था गरेको छ । बच्चा लिएर आउने दम्पतीले आफ्ना बच्चाहरुलाई खेल्ने ठाउँमा छोडेर सामान किनमेलको मज्जा लिन पाउनेछन् । सो अवसरमा बच्चाहरूले आकर्षक डोर प्राइजका साथै निːशुल्क ट्रयाम्पोलाइन र बाउन्सिङ क्यास्टलको मज्जा लिन सक्नेछन् । 
६.मलमा रहेका पसलहरूले दशैं र तिहारको अवसरमा ५० प्रतिशतसम्मको छुटको व्यवस्था गरेका छन् ।