काठमाण्डौ । सिटी एक्सप्रेस फाइनान्स लिमीटेडले पुस २९ गतेदेखि नबिकेको हकप्रद सेयर लिलामीमा राख्ने भएको छ ।

कम्पनीले २ लाख ५७ हजार ६ सय ३१ कित्ता संस्थापक समूहतर्फको र ४ लाख ७८ हजार ४ सय ५३ कित्ता सर्वसाधारण समूहतर्फको गरी कुल ७ लाख ३६ हजार ८४ कित्ता सेयर लिलामीमा राखेको हो ।

लिलामीको प्रक्रिया व्यवस्थापनका लागि काठमाण्डौ क्यापिटल मार्केट लिमीटेड बिक्री प्रबन्धक तोकिएको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि न्यूनतम प्रतिकित्ता रु. १०० को दरले बोली लगाई लिलामीका लागि आवेदन दिनुपर्नेछ ।

लिलामीमा सहभागी हुन चाहनेका लागि काठमाण्डौ क्यापिटल मार्केट लिमीटेड, सिटी एक्सप्रेस फाइनान्स र बैंक अफ काठमाण्डूका केही तोकिएका शाखाबाट आवेदन दिन पाउने व्यवस्था मिलाइएको छ ।