काठमाण्डौ । सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) विभिन्न पदका लागि ६ जना कर्मचारी माग गरेको छ ।

कम्पनीले उपप्रबन्धकदेखि वरिष्ठ कम्प्युटर अपरेटरसम्मका कर्मचारी मागेको गरेको हो ।शुक्रबार सूचना प्रकाशित गर्दै सिडिएससीले नवौं तहको उपप्रबन्धकका लागि एक जना, सातौं तहको वरिष्ठ अधिकृतका लागि एक जना कर्मचारी माग गरेको छ ।

यसैगरी, छैटौं तहका लागि एक जना अधिकृत, आईटी अधिकृतका एकजना, वरिष्ठ सहायकका एकजना  र वरिष्ठ कम्युटर अपरेटरका लागि एकजना कर्मचारी माग गरिएको छ ।

इच्छुक र न्युनतम योग्यता भएका व्यक्तिहरूले आगामी पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन्।