CDS and Clearing Limited
-भक्तराज रसाइली
काठमाण्डौ । सेयर कारोबारमा सेयर बेच्दा सेयरधनीले आफ्नो डीपीमार्फत डेबिट गर्न दिइने निर्देशन पूर्जा अर्थात डेविट इन्स्ट्रक्सन स्लिप बोकेर ब्रोकर कार्यालय धाउनुपर्ने व्यवस्थाको अन्तः हुने भएको छ ।
सिडिएससीले निकट भविष्यमै इलेक्ट्रोनिक डेविट इन्स्ट्रक्सन स्लीप(इडीआइएस) प्रणालीको विकास गरी मेरो सेयरमार्फत नै डीआइएसको अनलाइन सेटलमेन्टको व्यवस्था लागू गर्न लागेको हो ।
यो व्यवस्था लागू भएपछि सेयरधनीहरुले मेरो सेयरको इडीआईएस रिक्वेस्ट अप्सनमा गई क्लिक गर्नुपर्नेछ। त्यहाँ क्लिक गरेपछि आफू सम्बद्ध ब्रोकर अप्सन आउनेछ । आफ्नो ब्रोकरको अप्सनमा क्लिक गरी निर्देशन पठाउँदा डिपीले स्वतः डेबिट गरिदिने प्रणालीको विकास भइरहेको र यो निकट भविष्यमै कार्यान्वयनमा ल्याइने सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले बिजशालालाई बताए ।
यो व्यवस्था अन्तरगत सिस्टम चाहिँ टी प्लस टु नै भए पनि ब्रोकरकोमा नगई २ कार्य दिनभित्र मेरो सेयरमार्फत रिक्वेस्ट पठाउन सकिने उनले जानकारी दिए ।
साउन १ गतेदेखि सेयर कारोबारमा पूर्ण स्वचालित अनलाइन प्रणालीको परीक्षण सुरु भएसँगै यूएटीपछि पूर्ण कार्यान्वयनमा आउने अनलाइन कारोबार प्रणालीमा इडीएसको मुख्य भूमिका हुने भएकोले नयाँ प्रणालीको विकास गर्नुपरेको न्यौपाने बताउँछन् । उनका अनुसार यो प्रणालीको सफल कार्यान्वयनपछि क्लोजआउटको समस्या पनि निराकरण हुनेछ ।
हाल प्रचलनमा रहेको टी प्लस टू अन्तर्गत सेयर कारोबार राफसाफ गर्दा कहिले सेयरधनी आफैं ढिला भइदिने, कहिले हस्ताक्षर नमिल्दा त कहिले बेचेका कम्पनीका कोडमा सेयरधनी अलमलमा पर्दा समस्या आउने गरेको छ । यसले क्लोजआउटको समस्या ल्याउने गरेको र कहिलेकाही डीपीको सिस्टमको खराबीले समेत समस्या पार्ने भएकोले डिआइएस पनि अनलाइनबाटै हुने व्यवस्थाले लगानीकर्तालाई झञ्झटबाट मुक्ति दिने ब्रोकरहरुको आशा छ ।
सेयर बेच्दा डीआइएस बोकेर ब्रोकर कार्यालय धाउनु नपर्ने हुनाले श्रम र समयको पनि बचत हुने उनीहरु बताउँछन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago