-भक्तराज रसाइली
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो सेयर’ पोर्टलको सर्भर ईरर भई सिस्टम पुनः डाउन भएको छ ।
‘मेरो सेयर’ पोर्टलमा लगइन गरेका धेरै लगानीकर्ताले यो असुविधा भोगिरहेका छन् । केही दिनदेखि यस्तो समस्या आइरहे पनि सिडिएसीले समस्या समाधानमा चासो नदिएको लगानीकर्ताको आरोप छ ।
बब्रोकर नम्बर ४० कृएटिभ सेक्युरिटीज प्रालिमा कार्यरत नृपराज तिमिल्सिनाले समेत सिडिएससीको ‘मेरो सेयर’मा लगईन समस्या भइरहेको दाबी गरे ।
आईटी जानकार आकाश अधिकारीका अनुसार सिडिएससीको ‘मेरो सेयर’ पोर्टलमा धेरै लगइन गरेर सर्भर अनसपोर्टिभ भएको कारण यस्तो समस्या आएको हो । ठूलो क्षताको सर्भर सिडिएससीले नराखेका कारण यस्ता खालका समस्या आइरहेको अधिकारीले जिकिर गरे ।
सिडिएससीका सीइओ देवप्रकाश गुप्ताले केही समयअघि थप एक सर्भर जडान गरिएको बताएका थिए । गुप्ताले अब समस्या नदोहोरिने दाबी समेत गरेकामा हिजोदेखि आजसम्म पनि यो समस्या देखिइरहेको छ । पछिल्लो समस्याको विषयमा बुझ्न खोज्दा उनले फोन काटे ।
सिडिएससी यस किसिमको चरम लापरबाही र हेल्चेक्र्याइका कारण लाखौं प्रयोगकर्ता र ब्रोकर हाउसेजका कर्मचारीले समेत सास्ती भोगिरहेका छन् ।
पछिल्लो समय सिडिएससीको ‘मेरो सेयर’ पोर्टलमा बारम्बार समस्या आइरहेको छ । हिजो आइतबार र आज सोमबार समेत लगानीकर्ताहरुले मेरो सेयर’ सुविधाबाट बञ्चित हुने अवस्था सिर्जना भयो ।
नेप्सेको अनलाइन सिस्टममा देखिएका समस्याहरु निराकरण हुँदै जाँदा यता सिडिएससीको भने पटक–पटक सिस्टम नचलने समस्या दोहोरिरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago