काठमाण्डौ । सिडिएससी एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)को प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा पूर्णप्रसाद आचार्य नियुक्त भएका छन् ।
सिडिएससीको संचालक समितिको आज बसेको बैठकले छनौट समितिबाट सिफारिस भएका तीन नाममध्येको एक आचार्यलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सीडीएससीको सीईओ पदका लागि सर्टलिस्टमा परेका ६ उम्मेदवारमध्ये नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रबन्धक निरन्जन फुयाँलको संयोजकत्वमा गठित छनोट समितिले आइतबार तीनजनाको नाम सिफारिस थियो । ती तीनजनामा पूर्णप्रसाद आचार्य, भीष्मराज चालिसे र कृष्ण गिरीको नाम रहेको थियो ।
कार्यपत्र प्रस्तुतीकरणका आधारमा छनोट समितिले उपयुक्त उम्मेदवारमध्ये तीनजनाको नाम सीडीएससीको सञ्चालक समितिमा सिफारिस गरेको थियो ।
करिब दुई साताअघि सीडीएससीद्वारा सीईओ पदका लागि प्राप्त आवेदनमध्ये ६ जनाको नाम सार्वजनिक गरिएको थियो। गत असार १६ गते सीडीएससीले सीईओ पदका लागि आवेदन माग गरेकोमा सातजनाले आवेदन दिएका थिए।
यसअघिका सीइओ देवप्रकाश गुप्ताको कार्यकाल सकिएपछि सिडिएससीमा सीइओको पद रिक्त थियो ।
आचार्य ३० वर्ष लामो बैंकिंग सेवाबाट गत वर्ष मात्रै रिटायर्ड भएका थिए । उनी रिटायर्ड हुनुअघि कृषि विकास बैंकको उप महाप्रबन्धक रहेका थिए ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19