काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)को सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ लिमीटेडमा संस्थागत लगानीकर्ता भित्र्याउने प्रयास थालिएको छ ।
हाल सिडिएससीको चुक्तापूँजी ३० करोड रुपैयाँ मात्र रहेको छ । यति थोरै पूँजी भएको कम्पनीले अर्बौको कारोबार सम्हालिरहेको छ । जोखिमका हिसाबले पनि अत्यन्त कम पूँजी भएको निश्कर्षसहित सिडिएससीमा सरकारी स्वामित्वका संस्थागत लगानीकर्ता भित्र्याउने प्रयास थालिएको हो ।
अर्थमन्त्रालयस्थित उच्च स्रोतकाअनुसार सिडिएससीको चुक्तापूँजी रु. १ अर्ब पुर्याउने गरी आवश्यक तयारी भइरहेको छ । सिडिएससीको पूँजी बढाउने प्रस्तावमा अर्थमन्त्रालयदेखि धितोपत्र बोर्ड समेत सकारात्मक छन् । नेप्सेले भने यो विषयमा हरियो झण्डा देखाइसकेको छैन । तर, प्रयास नै थालिइसकेपछि नेप्से पनि सिडिएससीको पूँजी वृद्धिको योजनामा बाधक नबन्ने विश्लेषण गरिएको छ ।
स्रोतकाअनुसार सिडिएससी पूर्ण रुपमा सरकारी स्वामित्वको संस्था भएकोले यसमा थप लगानीकर्ता भित्र्याउँदा समेत सरकारी क्षेत्रकै संस्थाहरु रोजिनेछ । ‘नागरिक लगानीकोष, कर्मचारी सञ्चयकोष जस्ता संस्थाहरु लगानीकर्ताको रुपमा भित्रिन सक्नेछन् ।’ स्रोतले भन्यो–‘तर सिडिएससीको सेयर उनीहरुले केही प्रिमियम तिरेर मात्र पाउनेछन् ।’
लगानीकर्ता भित्रिइसकेपछि सिडिएससीको काम अझ चुस्तदुरुस्त हुने, सेवाग्राहीले अझ सहज रुपमा हालका सेवाका साथमा अतिरिक्त सेवाहरु समेत पाउनसक्ने वातावरण बन्ने आशा गरिएको छ । सिडिएससीले हाल सेन्ट्रल केवाइसीका लागि गरिरहेको काम, मेरो सेयरको क्षमता अभिवृद्धिका लागि भइरहेका प्रयास र ७० लाखभन्दा बढी लगानीकर्ताको ट्राफिक धान्ने गरी बनाउन लागिएको अलग्गै सर्भर लगायतका कामका लागि समेत पूँजीको आकार ठूलो भएपछि बजेट अभाव नहुने अधिकारीहरुले आशा गरेका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19