काठमाण्डौ । सामाजिक उत्तरदायित्वअन्तर्गत सिद्घार्थ बैंक लिमिटेडले आज आइतबार दायित्व नेपाल पब्लिक सर्भिस फेलोसिप अभियानका लागि ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। 

युवाहरुलाई सरकारसँगको सहकार्यमा आर्थिक नीति अनुसन्धान गर्न र प्रमाण आधारित नीति प्रवद्र्धनमासहयोग गर्ने उद्देश्यले स्थापित संस्था दायित्वलाई गरिएको यस सहयोगबाट केही हदसम्म भए पनि राज्यको नीतिनिर्माणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ। 

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको छ। आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य बैंकको छ।