काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले बिहीबार विराटनगरस्थित नागरिक केयर सेन्टरलाई सामाजिक उत्तरदायित्वअन्तर्गत ५ लाख लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका प्रदेश प्रमुख कमल बस्नेतले नागरिक केयर सेन्टरका अध्यक्ष पवनकुमार शारदालाई हस्तान्तरण गरेका छन्। 

बैंकबाट प्राप्त रकम नागरिक केयर सेन्टरले प्रदेश नंÞ १ मा कोभिड–१९ संक्रमितहरुका उपचारका लागि आवश्यक सेवासुविधायुक्त १०० शय्याको अस्पताल बनाउनका लागि उपयोग गर्नेछ । संक्रमितहरुलाई उपचारसम्मको पहुँचमा सहजीकरण गर्ने उद्देश्यले गठन गरिएको संस्था नागरिक केयर सेन्टरलाई बैंकले पुर्याएको यस सहयोगबाट संक्रमितहरुको उपचारमा केही हदसम्म भए पनि सहजता पुग्ने विश्वास बैंकले लिएको छ । 

बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पुर्वधार र सुरक्षाजस्ता क्षेअन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य राखेको छ।