काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आज बुधबार कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि रु १ करोड ४ लाख सहयोग प्रदान गरेको छ। 

बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा रु १० लाखका दरले रु ७० लाख र आफ्ना शाखाहरु रहेका १७ वटा गाउँपालिकाका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा रु २ लाखका दरले रु ३४ लाख सहयोग गरेको हो।

हालको प्रतिकूल परिस्थितिमा तोकिएका स्वास्थसम्बन्धी मापदण्डअनुरुप स्थानीय अधिकारी एवं अन्य सरकारी निकायसँगको समन्वयमा बैंकले देशभरका विभिन्न शाखाबाट सम्भव भएसम्म सेवा प्रदान गर्दै आइरहेको छ। बंैकले ग्राहकको सहजताका लागि घरैमा बसी प्रविधिमैत्री डिजिटल माध्यमबाट पनि बंैकिङ सेवा उपलब्ध गर्दै आइरहेको छ। 

बैंकले आफ्ना ग्राहकलाई त्यस्ता डिजिटल बैंकिङ सेवाहरुको प्रयोग गरी कोरोना रोकथामका लागि सहयोग पुर्याइदिन आग्रह गरेको छ।