काठमाण्डौ । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फन्डको वैशाखमा प्रतिइकाइ खुद मूल्य (न्याभ) घटेको छ।
आज सार्वजनिक वैशाख महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार न्याभ चैतको तुलनामा २४ पैसाले घटेर १६.७५ रुपैयाँमा झरेको हो। गत चैतमा न्याभ १६.९९ रुपैयाँ रहेको थियो।
वैशाखमा यो फन्डले सूचीकृत सेयरमा लगानी बढाएर १ अर्ब ६१ करोड रुपैयाँ पुर्याएको छ। गत चैतमा फन्डले सूचीकृत सेयरमा १ अर्ब ५१ करोड रुपैयाँ लगानी गरेको थियो। सार्वजनिक निष्कासन, हकप्रद र बोनस सेयरमा भने यो फन्डको ५ करोड ३८ लाख रुपैयाँ लगानी रहेको छ।
फन्डको कुल लगानी भने वैशाखसम्म १ अर्ब ९० करोड रुपैयाँ बढी पुगेको छ।
योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल र कोष प्रवर्द्धक सिद्धार्थ बैंक रहेको यस फन्डको वैशाखसम्म कुल आय घटेर ९६ करोड ९० लाख रुपैयाँमा सीमित बनेको छ। गत चैतसम्म कुल आय १ अर्ब ५३ लाख रुपैयाँ रहेको थियो।
आजै सार्वजनिक वैशाख महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ को न्याभ चैतको तुलनामा २९ पैसाले घटेर १७.०८ रुपैयाँमा झरेको हो। गत चैतमा न्याभ १७.३७ रुपैयाँ रहेको थियो।
वैशाखमा यो स्किमले सूचीकृत सेयरमा लगानी बढाएर १ अर्ब ३२ करोड रुपैयाँ पुर्याएको छ। गत चैतमा यस स्किमले सूचीकृत सेयरमा १ अर्ब २५ करोड रुपैयाँ लगानी गरेको थियो। सार्वजनिक निष्कासन, हकप्रद र बोनस सेयरमा भने यो स्किमको ३ करोड ७७ लाख रुपैयाँ लगानी रहेको छ भने कुल लगानी वैशाखसम्म १ अर्ब ५२ करोड रुपैयाँ बढी पुगेको छ।
योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल र कोष प्रवरुद्धक सिद्धार्थ बैंक रहेको यस स्किमको वैशाखसम्म कुल आय घटेर ७८ करोड रुपैयाँमा सीमित बनेको छ। गत चैतसम्म कुल आय ८१ करोड ४८ लाख रुपैयाँ रहेको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago