काठमाण्डौ । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सिद्धार्थ व्यवस्थित लगानी योजनाका इकाइहरु आजबाट कारोबार गर्न सकिने भएको छ।
योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलले आज एक सूचना जारी गर्दै उक्त योजनाका इकाइहरु कारोबार गर्न सकिने जानकारी गराएको हो। काठमाण्डौको नक्सालस्थित नारायणचौरमा रहेको सिद्धार्थ क्यापिटलको कार्यालयबाट उक्त योजनाका इकाइहरु खरीदरबिक्री गर्न सकिने सूचनामा उल्लेख छ।
क्यापिटलका अनुसार साताको आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म इकाइ कारोबार गर्नका लागि काउन्टर खुला रहनेछ। साताको शुक्रबार र शनिबार तथा अन्य सार्वजनिक बिदाका दिन भने कारोबार बन्द रहने क्यापिटलले जनाएको छ।
यस योजनाको कोष प्रवर्द्धकका रुपमा सिद्धार्थ बैंक रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago