काठमाण्डौ । सिद्धार्थ बैंकले गत आर्थिक वर्षका वितरण गरेको बोनस सेयर सेयरधनीको डिम्याट (हितग्राही) खातामा जम्मा गरिदिएको छ। 

बैंकले गत फागुन १५ गतेदेखि बोनस सेयर डिम्याट खातामा जम्मा गरेको हो। बैंकले गत आर्थिक वर्षकाल लागि १४.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको थियो। यो निर्णय बैंकको गत पुस ३० गते सम्पन्न २० औँ वार्षिक साधारणसभाले अनुमोदन गरेको थियो।

अभौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुलाई बैंकको सेयर अभौतिकीकरण भएपश्चात स्वतः सेयरधनीहरुको डिम्याट खातामा जम्मा हुने बैंकले जनाएको छ।