काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले विराटनगरस्थित कोसी अस्पताललाई आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत रु. ५० लाखबराबरको अस्पतालले उपलब्ध गराएको विवरण् बमोजिम हेमोडायलाइसिस मेसिनहरु प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ।
सम्झौतापत्रमा गत बुधबार सिद्धार्थ बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र कोशी अस्पतालका तर्फबाट मेडिकल सुपरिन्टेन्डेन्ट डा. यज्ञराज खरेलले हस्ताक्षर गरेका छन्।
कोशी अस्पतालले उक्त हेमोडायलाइसीस मेसिन अस्पतालमा आउने बिरामीहरुको उपचारका लागि प्रयोग गर्नेछ। बैंकले पुर्याएको सो सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरुलाई डायलाइसिस सेवा प्रदान गरी जीवनस्तर सुधार गर्न केही हदसम्म भए पनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।
बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरुमा सहभागिता जनाउँदै आएको छ भने आगामी दिनहरुमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19