काठमाण्डौ । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटा योजनाहरुको प्रतिफल घोषणा गरेको छ। 

कोष प्रवर्द्धक सिद्धार्थ बैंक र योजना व्यवस्था सिद्धार्थ क्यापिटल रहेका सिद्धार्थ इक्वीटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ तथा सिद्धार्थ व्यवस्थित लगानी योजनाको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण कार्य सम्पन्न भएको छ। 

योजनाको लेखापरीक्षण कार्य सम्पन्न भएलगत्तै योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको आज साउन २५ गते अपराह्न बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि सिद्धार्थ इक्विटी फन्ड तथा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाइधनीहरुका लागि प्रतिफल वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार सिद्धार्थ इक्विटी फन्डका इकाइधनीहरुलाई ९ प्रतिशत (करसहित) र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाइधनीलाई १० प्रतिशत (करसहित) का दरले हुन आउने रकम क्रमशः १३ करोड ५० लाख १२ करोड प्रतिफल वितरण गर्ने निर्णय भएको छ। 

यसका साथै बैठकले सिद्धार्थ व्यवस्थित लगानी योजनाको आव २०७८/७९ का लागि प्रतिफल घोषणा नगर्ने निर्णय गरेको छ।