काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकङ एपलाई सिद्धार्थ बैंक स्मार्ट एक्सपीमा स्तरोन्नति गरेको छ। यसबाट एपमा हुने ठगी नियन्त्रण गर्नुका साथै सर्वमाध्यम एवं बहुच्यानलमार्फत सहजै प्रयोग गर्न सकिनेछ। 

एफवान सफ्ट इन्टरनेसनलले प्रवर्द्धन गरेको नयाँ एप्लिकेसन बैंक एक्सपी आर्किटेक्चरमा आधारित छ। जसले प्रयोगकर्ताको कार्यक्षमताको दायरालाई अझ फराकिलो बनाउनेछ।  

सिदार्थ बैंक स्मार्टएक्सपी डिजिटल बैंकिङमा सर्वव्यापी दृष्टिकोणमा आधारित छ। यसले ग्राहकलाई उनीहरुको मोबाइल र वेब उपकरणबाट एप्लिकेसन प्रयोग गर्नका लागि उही प्रमाण (पासवर्ड) प्रयोग गरी प्रयोग गर्न सकिनेछ।

नयाँ एप्लिकेसनमा बिल भुक्तानी, चेकबुक अनुरोध, सेल्फ पासवर्ड÷पिन रिसेट, ई–अपोइन्टमेन्ट, उपकरणहरुबीचको अन्तरसञ्चालनलगायतका थुप्रै सुविधा उपलब्ध छन्।  

यसका साथै सिद्धार्थ बैंक स्मार्ट एक्सपीले ठगी नियन्त्रणमा नवीनतम संयन्त्रलाई पनि प्रयोग गरिरहेको छ। यस एपमा प्रयोगकर्ताले लगइन गर्न खोजेको सिम नम्बर स्वतः प्रमाणित गर्ने क्षमता छ र प्रयोगकर्ताको खातामा दर्ता भएको सिम त्यही नम्बर हो भनी प्रमाणित नभएसम्म प्रयोगकर्तालाई एप प्रयोग गर्न अनुमति दिँदैन। 

‘ग्राहक मोबाइल बैंकिङ प्रयोग गर्न हिचकिचाइरहेका छन्, किनभने अन्य व्यक्तिले उनीहरुको खातामा पहुँच पुर्याउन सक्ने सम्भावना छ। अटो–भेरिफिकेसनको प्रयोग गरेर ठगी नियन्त्रणमा हाम्रो पछिल्लो प्रयासले ठगीलाई न्यूनीकरण गरिनेछ र प्रमाणित ग्राहकले मात्र मोबाइल बैंकिङमार्फत आफ्नो खातामा पहुँच प्राप्त गर्नेछन्’, सिद्धार्थ बैंकका एक प्रतिनिधिले भने, ‘सिदार्थ बैंकले डिजिटल बैंकिङलाई सधैँ प्रवर्द्धन गर्दै आएको छ। हामी डिजिटल भविष्यको बाटो हो भन्ने विश्वास गछौँ र हाम्रो अनुप्रयोगको नवीनतम संस्करणको सुरुआतसँगै प्रयोगकर्ताहरुले एपबाटै सीधै विभिन्न प्रकारका बैंकिङ सेवाहरु प्राप्त गर्न सक्नेछन्।’

सन् २००२ मा स्थापना भएको सिद्धार्थ बैंकलाई नेपालको सबैभन्दा प्रभावशाली र व्यावसायिक बैंकको रुपमा लिइन्छ। बैंकले आफ्ना सबै ग्राहकका लागि बैंकिङ सेवाहरु सहज र सरल रुपमा पहुँचयोग्य बनाउँदै अधिकांश सञ्चालनहरुमा डिजिटल बैंकिङलाई एकीकृत गर्दछ। 

‘सम्बन्ध सधैँभरिलाई’ भन्ने नाराका साथ सिद्धार्थ बैंकले ग्राहक–पहिलो दृष्टिकोणमा भन्ने उद्देश्यले बजारको नेतृत्व गरिरहेको छ। सिद्धार्थ बैंक स्मार्ट एक्सपी प्ले स्टोर र एप स्टोर दुवैमा डाउनलोडका लागि उपलब्ध छ।