काठमाण्डौ । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ को नगद प्रतिफल इकाइधनीहरुको बैंक खातामा पठाइएको छ। 

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलका अनुसार यी दुवै योजनाको गत आर्थिक वर्षका लागि घोषित नगद प्रतिफल भदौ १५ गतेदेखि इकाइधनीको बैंक खातामा जम्मा गरिएको हो। बुक क्लोज हुँदाको बेला आफ्नो डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गरेका इकाइधनीहरुको नगद प्रतिफल पठाइएको क्यापिटलले जनाएको छ। 

गत वर्षका लागि सिद्धार्थ इक्विटी फन्डको ९ प्रतिशत र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ को १० प्रतिशत नगद लाभांश घोषणा गरिएको थियो। 

हितग्राही खाता अद्यावधिक नगरेका इकाइधनीहरुलाई यथाशिघ्र अद्यावधिक गरी प्रतिफल प्राप्त गर्न पनि क्यापिटलले आग्रह गरेको छ।