काठमाण्डौ । सिद्धार्थ बैंकको १ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएकोछ। 

सिद्धार्थ बैंकको संस्थापक समूहको १ लाख ४ हजार ८१३ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथ अन्य योग्य व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्। 

इच्छुक लगानीकर्ताले ७ दिनभित्र काठमाण्डौको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयस्थित कम्पनी सचिवको कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई लिखित आवेदन दिनुपर्नेछ। 

यसअघि उक्त सेयर ३५ दिन म्याद दिएर संस्थापक सेयरधनीहरुलाई बिक्री खुला गरिएको थियो। तर, संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि बैंकले अन्य व्यक्ति तथा संघसंस्थाका लागि बिक्री खुला गरेको हो।